अर्घाखाँचीको भेडामारेबाट १ किलो ५ सय ग्राम गाँजासहित ३ जना पक्राउ

| २०८० मंसिर २० गते २०: ५४ मा प्रकाशित

अर्घाखाँची। शितगंगा नगरपालिका ४ भेडामारेबाट अबैध लागूऔषध १ किलो ५ सय ग्राम गाँजासहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा कपिलवस्तु बुद्धभूमि नगरपालिका –१ भेलाई बस्ने २४ वर्षीय विजय कुमार चौधरी, सोही ठाउँ बस्ने २६ वर्षीय अर्जुन बिक र कपिलवस्तु नगरपालिका –९ श्रीनगर बस्ने ३० वर्षीय धर्व राजभार रहेको इप्रका ठाडाका प्रहरी निरिक्षक ऋषिराम घर्तीमगरले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले लु.१ ह २५५० नम्बरको अटोलाई जाँच गर्ने क्रममा विजय कुमारको साथबाट ९ सय ग्राम र अर्जुनको साथबाट ६ सय ग्रामसहित फेला पारेपछि अटो चालक समेतलाई पक्राउ नियन्त्रणमा लिएको थियो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरक्षक घर्तीमगर जानकारी दिनु भयो।

पक्राउपरेका लाई ७ दिनको म्याद थप गरि अनुसन्धान  भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्