अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृ'त्यु :एक घाइते

| २०८० मंसिर २३ गते २३: ३९ मा प्रकाशित

लालसुर विष्ट,अर्घाखाँची 
,मङ्सिर २३- अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ८ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृ'त्यु भएको छ भने एक जना घाइते भएका छन् ।

साँझको ७:५० बजेको समयमा राप्ति पुल नजिकै पश्चिमबाट पुर्ब तर्फ गिट्टि लोड गरेर जाँदै गरेको ना.६ ख.२७३९ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउको खाल्डोमा पल्टिन पुग्दा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय भालुवाङ जनाएको छ । 

मृ'त्यु हुनेमा सोही ट्रकका सहचालक (साहु) रुपन्देही जिल्ला देवदेह न.पा. ४ बस्ने मनोज कुमार शाक्य रहेको पुष्टि भएको छ। 

निजको भालुवाङ अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको हो । भने अर्का ट्रक चालक नबलपरासी (पश्चिम) रामग्राम न.पा. १८ बस्ने वर्ष ३१ को संजय कुमार चौधरी बाँया खुट्टा भाचिएको र हातमा चोट लागेको अबस्थामा अहिले उपचार भई रहेको ट्राफिक प्रहरी कार्यालय भालुवाङ जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्