शितगङ्गाको ढुङ्गेसेरामा बिना दर्ता एक दर्जन पसल संचालित (तस्विर सहित)

| २०८० पौष १३ गते १९: ४५ मा प्रकाशित

झनक के.सि.अर्घाखाँची। 
पौष १२ गते - शितगङ्गा नगरपालिकाको अनुगमन समिती द्वारा अनुगमन गर्दा शितगङ्गा नगरपालिका वाड न-११ ढुङ्गेसेराका विभिन्न पसलहरु शुक्रबार अनुगमन गरेको छ। 

विभिन्न पसलहरु शुक्रबार अनुगमन 

 

अनुगमनका क्रममा किराना पसल तथा स-साना होटल टंकि तथा टहराहरु,साथै घरेलु मदिरा बेचबिखन गरेको भेटिएको व्यवसायीले बिनादर्ता व्यवसाय सञ्चालन गरेको,जसको नाममा दर्ता भएको पसलवाला व्यक्ति अनुपस्थित रहेको पाइएकाले यहाँका एक दर्जन पसललाई ७ दिने सुचना जारी गरि पसल दर्ता गर्न अनुरोध गरेको अनुगमन समितिका संयोजक अजय यादबले जानकारी दिनु भएको छ। 

 किराना पसल तथा स-साना होटल

अनुगमनमा टिक्करी,उपल्लो ढुङ्गे,तल्लो ढुङ्गे,माझ खाड, झुसे लगाएतका पसलहरु अनुगमन गरेको छ। अनुगमनमा उद्योग बाणिज्य संघका नारायण बन्जाडे,ईप्रका ठाडाका प्रहरी सहायक निरीक्षक गिर बहादुर थापा,पत्रकार लगाएतको टिमले अनुगमन गरेको यादबले जानकारी दिनु भएको छ।

अनुगमनमा टिक्करी,उपल्लो ढुङ्गे,तल्लो ढुङ्गे,माझ खाड, झुसे लगाएतका पसलहरु अनुगमन

अधिकाम्स पसल  बिनादर्ता र दर्ता नै नभएको र दर्ता भएको व्यवसायी नभई अर्कैले  पसल सञ्चालन गरिएकाले आगामी दिनमा यस्ता पसल भेटिएमा नियम अनुसार बन्द गराइने छ।

अनुगमन

 

प्रतिक्रिया दिनुहोस्