शितगङ्गा नगरपालिकामा छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट सुरु (तस्विर सहित)

| २०८० पौष १९ गते १९: ०० मा प्रकाशित

झनक केसी ,अर्घाखाँची। शितगङ्गा नगरपालिकामा छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ। 

उद्घाटन नगर प्रमुख छबिलाल पौडेलले गर्नु भएको थियो। कार्यक्रमको विशिष्ट अतिथि नगर उप-प्रमुख गिता भाट,अतिथी प्रशासकिय अधिकृत अर्जुन शर्मा,जिल्ला खेलकुद समिति अध्यक्ष बिष्नु क्षेत्री,तेक्वान्दो प्रशिक्षक प्रेम आले वाड अध्यक्षहरु,बिद्यालयका प्रअ तथा प्रतिनिधि इलका प्रहरी ईन्चार्ज ऋषि राम घर्ती मगर,पत्रकार,खेलप्रेमी,बिद्यार्थिहरु लगाएतको आतिथ्यतामा कार्यक्रमको उद्वघाटन भएको थियो। 

छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट सुरु 

यस पालिका भित्र सञ्चालित १५ वटा माध्यमिक विद्यालयकाे सहभागितामा शितगंगा नगरपालिकाकाे आयाेजनामा  रजिया स्थित खेलमैदानमा खेल आजबाट सुरु भएको छ यो प्रतियोगिता ३ दिन सम्म संचालन हुने शिक्षा तथा खेलकुद शाखा प्रमुख बिनोद पोख्रेलले जानकारी दिनुभयो।

छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता

 

प्रतिक्रिया दिनुहोस्