शितगंगामा राष्ट्रपती रनिङ्ग शिल्डको च्याम्पियन बन्यो सरस्वती माबी सितापुर

| २०८० पौष २१ गते १९: ५२ मा प्रकाशित

अर्घाखाँची पौष २१
झनक केसि,अर्घाखाँची। 
पौष २१-  शितगंगा नगरपालिकामा जारी छैठौँ अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सरस्वती मावि सितापुर च्याम्पियन भएको छ । 

यहि मिति २०८० पुस १९ गतेबाट शितगंगा नगरपालिकामा संचालित राष्ट्रपती रनिङ्ग शिल्ड  प्रतियोगिताका सबै बिधाका खेल नगरको खेल मैदान शितगंगा १२ रजियामा सुरु भएको थियो।  तिनदिन देखि जारी रहेको प्रतियोगितामा विभिन्न बिधामा कुल ९ पदक सहित सरस्वती मावि प्रथम स्थान हात पार्दै च्याम्पियन बन्न सफल भएको हो । उक्त विद्यालयले ५ स्वर्ण,३ रजत र १कास्य पदक प्राप्त गरेको गरेको छ ।

शितगंगा नगरपालिका वाड न-८ मा रहेको लापे मावि ३ स्वर्ण ,४ रजत र १ कास्य गरी कुल ८ पदक जितेर द्धितिय भएको छ। तेस्तै ३ स्वर्ण,३ रजत र २ कास्य गरि कुल ८ पदक सहित शितगङ्गा वडा न ९ मा रहेको पाँकुरी माविले तृतिय स्थान हात पार्न सफल भएको छ ।

शितगङ्गा नगरमा जारी  छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्र सञ्चालित १५ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । मन्द्रे मावि शिनपा १ ले २ स्वर्ण , २ कास्य गरी ४ पदक जितेको छ।ज्योति मावि शिनपा ४ ले १ स्वर्ण , १ कास्य गरी २ पदक हात पारेको छ। जुकेना सुधा माविले १ स्वर्ण , २ रजत,र ५ काास्य गरी ८ पदक हात पारेको छ । तेस्तै जुकेना हरी माविले  २ स्वर्ण र २ रजत गरी जम्मा ४ पदक,सितगङ्गा ६ शिवादह माविले  स्वर्ण १ रजत,२ कास्य गरी कुल ४ पदक जित्न सफल भएको छ।  तेस्तै सितगङ्गा-१०जनजागृति माविले २ कास्य पदक जितेको छ। सुवोधनी माविले १ रजत पदक हात पारेको छ। यता धर्मोदय मावि सितगङ्गा ११ ले ३ स्वर्ण,१ रजत गरी कसल ४ ओटा पदक जित्न सफल भएको छ,होम ग्राउण्ड गौरा मावि शितगङ्गा १२ ले ५ रजत ,४ कास्य गरी जम्मा ९ पदक जितेको छ। , सिमलपाली रिकोटले १ स्वर्ण,१ रजत, १ कास्य गरी ३ पदक , प्रभाकर मावि शितगङ्गा-१४ ले २ स्वर्ण,२ रजत, २ कास्य गरी जम्मा ६ पदक , पावर माविले १ स्वर्ण ,२ रजत, ३ कास्य गरी ६ पदक जित्न सफल भएको छ। सितापुरमा रहेक सरस्वती मावि लगातार तेस्रो पटक जित्दै बिध्यालय स्तरिय रास्ट्रपतिको रनिङ्ग शिल्डक शिल पचाउन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्