'सित खोलामा' झोलुङ्गे पुलको निर्माण कार्य ठेकदारले आफ्नो मनोमानी ले काम गरि रहेको स्थानीयहरूको गुसानो

| २०८० माघ ६ गते २०: १९ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ०७ को डमार बेसी स्थित 'सित खोलामा' झोलुङ्गे पुलको निर्माण कार्य भईरहेको छ। 

शितगंगा नगरपालिकाको गौरवको रूपमा रहेको उक्त पूलमा भने धमाधम ठेकदारले आफ्नो मनोमानी ले काम गरि रहेको स्थानीयहरूको गुसानो छ । उक्त पुलमा बाहिर बाट राम्रो ड्रेसिङ ढुङ्गा सहितको  कार्य देखाए पनि भित्रबाट कमसल मसला र माटो ढुङ्गा,गोल्टे ढुङ्गा राखेको स्थानीयहरूको गुसानो छ ‌। स्थानीयहरू भन्छन् कमजोर पुलमा कसैको ज्यान गयो भने कस्ले जिम्मा लिन्छ‌, निर्माण व्यवसायी वा सरकार ?

वाड नम्बर ७ का वाड अध्यक्ष देवीराम घिमिरे भन्नु हुन्छ ," पुलको कार्य सुरु भए देखि अहिले सम्म सरकारी निकायका प्रविधिको रेखदेख भएको छैन अस्ति पुलको ढलाईमा त इन्जिनियर तथा प्रविधिक आउला भन्ने अपेक्षा गरेको थिए तर त्यो बेला पनि कोही आउनु भएन ,मैले बारम्बार सरकारी निकायलाई निगरानी गर्दिनु पर्यो भनि रहेको छु तर मेरो कुरा सुनवाई भएको छैन " ! 

किन नियमित सुपरभिजन हुदैन ? देशमा दक्ष प्रविधिको कमी हो वा सरकारी निकायको लाहपर्वाही?हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं।

प्रतिक्रिया दिनुहोस्