तेस्रो शितगङ्गा महोत्सवको प्रदेश मन्त्री रोजराणा द्वारा उद्घाटन

| २०८० माघ १२ गते १९: १५ मा प्रकाशित

हृदय भुसाल,अर्घाखाँची ।शितगगामा कृषि,पर्यटन तथा ब्यपार महोत्सव २०८० भन्ने मुलनाराका संचालन भएको महोत्सवको  साथ एक विशेष कार्यक्रमका बीच लुम्बिनी प्रदेश सरकारका  उधोग तथा यातायात ब्यबस्था मन्त्री रोजराणाले उद्घाटन गर्नु भएको छ ।

 तेस्रो शितगगा महोत्सवको उद्घाटन गर्दै मन्त्री राणाले बिकास र समृद्धिका लागी प्रदेश सरकारले विशेष योजनाका साथ अगाडि बढेको भन्दै प्रदेश सरकारले प्रदेश आर्थिक बिकासको  कार्यक्रमलाई अगाडी बढाएको बताउनु भयो । आर्थिक बिकासका तथा  स्थानिय रोजगारको  लागी उद्योग कलकारखाना  खोल्ने विशेष योजना लियर मन्त्रालयमा आउन समेत मन्त्री राणाले  सरोकारवाला लाई आग्रह गर्नु भयो । शिक्षालाई प्राबिधिक, बैज्ञानिक,आधुनिक तबरले अगाडि बढाउन विशेष योजनाका साथ प्रदेश सरकार अगाडि बढेको भन्दै अर्घाखाँची जिल्लाको बिकासका ठोस योजना लियर आउन समेत आग्रह गर्नु भयो । 

कार्यक्रममा सितगगा नगरपालिका नगरप्रमुख  छबिलाल पौडेल,उद्योग बाणिज्य  संघका केन्द्रिय सदस्य,जमसेर मिया,नगरउपप्रमुख गिता भाट,नेपाली काग्रेसका  जिल्ला सचीव कृष्ण खनाल,नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान,पत्रकार महासंघ अर्घाखाँचीका सहसचिब तथा अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रमका प्रभक्ता हृदय भुसाल, नगरपालिकाका सबै वाडहरुको तर्फबाट सितगगा २ का वाड अध्यक्ष राम बहादुर गोर्खाले महोत्सव सफलताको सुभकामना मनतब्य राख्नु भएको थियो । 

कार्यक्रम उद्योग बाणिज्य  संघका अध्यक्ष चिन्ताराज अधिकारीको अध्यक्षता,उपाध्यक्ष अर्जुन बुढाको संचालन साथै  ऋषि घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।  आगामी माग २२ गते सम्म संचालन हुने उक्त महोत्सवमा  आज विभिन्न स्थानिय पहिचान बोकेका कला सस्कृतीहरुको प्रस्तुत साथै स्थानिय कलाकार हरुको प्रस्तुति समेत  रहेको थियो । 

कार्यक्रममा जनप्रतिनिधि,राजनैतिक दल, कर्मचारी, विभिन्न संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिको आथित्त्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्