शितगङ्गामा राष्ट्रिय बाणिज्य बैंक शाखा ठाडामा पहिलो पटक ए.टि.एम.सेवा संचालन

| २०८० माघ १९ गते २१: ०७ मा प्रकाशित

अर्घाखाँची माघ १९। शितगङ्गा नगरपालिका वाड-३ ठाडामा राष्ट्रिय बाणिज्य बैंक शाखा ठाडा शाखाले ए.टि.एम.सेवा संचालनमा ल्याएको छ।

राष्ट्रिय बाणिज्य बैंक ठाडा शाखाले आज माघ १९ गते शुक्रबार एक विशेष कार्यक्रम बिच उद्घाटन भएको छ।कार्यक्रमको अध्यक्षता राष्ट्रिय बाणिज्य बैंक ठाडा शाखाका प्रमुख धुर्ब पान्डेले गर्नु भएको छ। प्रमुख अतिथि शितगङ्गा नगरपालिकाका प्रमुख छबिलाल पौडेल,बिशिस्ट अतिथी शितगङ्गा प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा,अतिथिहरु वाड न-३ का अध्यक्ष चिन्ताराज अधिकारी,वाड न-४ का अध्यक्ष दामोदर अधिकारी,वडा न-२ का वाड अध्यक्ष राम बहादुर गोर्खा क्षेत्री,इप्रका ठाडाका प्रमुख ऋषि राम घर्तिमगर अस्थायी ट्राफिक कार्यलयका प्रमुख,स्थानीय सरोकार,व्यावसायिहरु साथै विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा ए.टि.एम.मेसिनको उद्घाटन गरिएको छ।

 ए.टि.एम.मेसिनको उद्घाटन

कार्यक्रमा बोल्दै मेयर पौडेलले ए.टि.एम.सेवाको शितगङ्गा नगरपालिकाका धेरै बर्षपछि पहिलो पटक ए.टि.एम.सेवा सुचारु भएको स्थानियको ईच्छा पुरा भएको छ। ग्रामीण भेगमा यो सेवा अनिवार्य रहेको थियो साथै सुपा देउराली आउने भक्तजनहरुले नजिक ए.टि.एम.नहुदा निकै सास्ति भोग्दै आएका स्थानियले बताउने गरेको सुन्नमा स्थानियले बताउने गर्दथे साथै यो ठाउमा एटिएमको निकै आवस्यक थियो पूरा गरिदिएको शाखा हाकिम पाण्डेलाई मेयर पौडेलले बधाई समेत दिएका थिए। तेस्तै सरकारी बैंकको सेवाले यस क्षेत्रको महत्व बढेको र अन्य सम्भावित क्षेत्रमा पनि बैंकिङ्ग सेवा दिनुपर्ने बताउनुभयो । 

ए.टि.एम. सेवा सुचारु भएपछि यस ठाउमा चहल पहल बढने स्थानिय बताएका छन । 

ठाडामा ए.टि.एम.सेवा सुचारु भएपछि यस ठाउमा चहल पहल बढने स्थानिय बताएका छन । 
ठाडा शाखामा  ए.टि.एम.राख्नु पर्यो भन्दै पटक पटक स्थानीय  गुनासो पोख्दै आएको तेसैलाई लाई मध्य नजर गर्दै विशेष पहल कदमी पूरा भएको छ। शाखा प्रमुख पाण्डेले निकै प्रयास गरेपछी एटिएम सेवा सुचारु भएको छ। पाण्डेको सम्पुर्ण टिमलाई मेयर स्थानिय लगाएत सबैले बधाई समेत दिएका थिए। 

ए.टि.एम.सेवाले दैनिक आवत जावत गर्ने यातायात र सुपा देउराली आउने भक्तजन,स्थानीय लगाएत कर्मचारीहरुलाई निकै सहज हुने आकलन गरिएको छ। 
उक्त ए.टि.एम.बाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताउनुभयो । बैंकका प्रमुख अधिकृत धुर्ब पाण्डेले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्