शितगंगा नगरपालिकाले मगर दिवसको अवसरमा स्थानीय बिदा

| २०८० फागुन १४ गते १५: १९ मा प्रकाशित

झनक केसी ,अर्घाखाँची। शितगङ्गा नगरपालिकामा फागुन १५ गते ४२ औँ मगर दिवसको अवसरमा पालिकाले सार्वजनिक बिदा दिन लागिएको शितगंगा नगरपालिकाका सुचना अधिकृत ओम पान्डेले जानकारि दिए ।

१४ गते बसेको कार्यपालिका मिटिङ्गले सर्वसम्मत पारित गर्दै देशकै ठूलो शितगङ्गा नगरपालिकामा पनि मगर दिवशको अबसरमा सार्बजनिक बिदा दिएको छ।

मगर समुदायले देशभरमै बिदा मागिरहेका बेला शितगंगा नगरपालिकाले भने उनीहरूको माग सम्बोधन गर्दै बिदा दिएको छ। 

देशकै ठुलाे नगरपालिका शितगंगामा मगर समुदायको बाहुल्यता रहेको छ।

नगरपालिका विभिन्न वाडमा नगरपालिकाको आर्थिक सहयोगमा मगर  दिवस मनाउन लागिएको छ। स्थानीय कलाकार साथै राष्ट्रिय कलाकार झाकि भेषभुषा सहित कार्यक्रम मनाउने चलन रहेको छ। 

सार्वजनिक बिदा

 

प्रतिक्रिया दिनुहोस्