शितगङ्गामा विविध कार्यक्रम सहित मनाइयाे ४२ औँ मगर दिवस(फोटो फिचर सहित)

| २०८० फागुन १६ गते ०१: २३ मा प्रकाशित

अर्घाखाँची,शितगङ्गा।४२ औँ मगर दिवस शितगङ्गा नगरपालिकामा विविध कार्यक्रम सहित भव्य रुपमा मनाइएको छ । जिल्लाको विभिन्न गाउँ, टोल तथा बस्तीमा ४२ औँ मगर दिवस मनाइएको छ । दिवसमा पहिचान झल्किने नाच, गीत तथा संस्कृतिक कार्यक्रम गरिएको थियो ।

अर्घाखाँची जिल्लामा ६ ओटै पालिका सन्धिखर्क,शितगङ्गा,भुमिकास्थान मालारानी छत्रदेव पाणिनि,का विभिन्न क्षेत्रमा विविध कार्यक्रम भएका छन् ।मगर दिवसकाे अवसरमा शितगङ्गा नगरपालिकाले सार्वजनिक बिदा दिएका थिए ।

शितगङ्गा नगरपालिकाको आर्थिक सहयोगमा नेपाल मगर संघ विभिन्न शाखाले ४२ औं मगर दिवस मनाइएको छ । मगर संघ स्थापना भएको दिन पारेर झाँकी,राष्ट्रिय कलाकार स्थानिय कलाकार साथै मगरी खानाका परिकारहरु,औपचारिक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम सहित दिवस मनाइएको हो । 

शितगङ्गाको हकमा १४ ओटै वडा बिभिन्न कार्यक्रम गरि मनाईएको थियो। सितगङ्गा १४ पावरमा विविध सास्कृतिक कार्यक्रम गरि मनाईयो तेस्तै वाड न-६ सानाढुग्रेमा पनि राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहयो तेस्तै,वाड न-७ को जलुकेमा पनि विबिध कार्यक्रम गरि मनाईएको थियो तेस्तै वाड न-११ खयरभट्टिमा घैटा फोर भाले खेल साथै सास्कृतिक कार्यक्रम गरि मनाईएको थियो।

४२ औँ मगर दिवस शितगङ्गा नगरपालिकामा

वाड न-८ मा नेपाल मगर संघका केन्द्रिय सदस्यको प्रमुख आतिथ्यतामा कार्यक्रम गरियो तेस्तै वाड न-२ सितापुरको डुडकोट्टा माईकाथानमा पनि खानाका परिकार स्थानिय कलाकार नाचगान भेषभुषामा लगाएर पहिचान झल्काउदै कार्यक्रम गरिएको थियो। कार्यक्रममा वाड सदस्य नारायण क्षेत्री,बिष्णु क्षेत्री,वाड सचिब लगाएको टिम उद्घाटन गर्दै कार्यक्रमलाई थप हौसला थपि दिएका थिए।  

सन्धिखर्क नगरपालिकामा नगरकै आर्थिक सहयोगमा सन्धिखर्कमा सबै वडाका मगर समुदायहरुलाई संगम पार्टी प्यालेसमा विशेष कार्यक्रम गरि मनाईएको थियो।

खानाका परिकार हरु 

दिवसमा आज विभिन्न पालिकाले स्थानीय बिदा दिएका छन् ।

वडा नम्बर  - ११ को समुह 

पाल्पाका सबै पालिकामा आज स्थानीय बिदा छ ।नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न ठाउँमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायतका कार्यक्रम हुँदैछन् । बर्दघाट सुस्तापूर्वका आठवटै पालिकामा बिदा छ ।

वडा नम्बर  - ८ 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको ६ दशमलव ९ प्रतिशत हो ।

वडा नम्बर  -७ 

प्रतिक्रिया दिनुहोस्