एसपिसी प्रथम कप च्याम्पियनमा सितापुर भलिबल क्लब

| २०८० फागुन १७ गते २१: ०५ मा प्रकाशित

अर्घाखाँची। शितगङ्गा SPC स्पोर्ट एण्ड एकेडेमी द्वारा संचालित प्रथम सस्करणको SPC कप २०८०को उपाधी शितगंगा २ सितापुरले जितेको छ। यहि मिति २०८०/११/१३ गतेका दिन शितगंगा नगरपालिका वाड न-६ कलमकोटमा उद्धघाटन गरिएको थियो। 

कार्यक्रमको अध्यक्षता spc क्लबका संयोजक बिष्नु केसिले गर्नु भएको थियो। लामो समय अध्यनको सिलसिलामा काठमान्डौ बसेर खेलकुद प्रतिको मायालाई आफ्नै गाउमा पहिलो पट्क ठूलो धन रासिको पुरस्कार राखेर २२ बर्ष मुनिका खेलाडीहरुलाई हौसला प्रधान गर्ने उदेश्यले प्रतियोगिता राखिएको केसिले जानकारी दिएका छन। पहिलो सस्करणको खेल वाड न -६ बाट सुरु गरिएको छ भने गरेक बर्ष फरक वाडमा राख्ने केसिले जानकारी दिएका छ्न। आमन्त्रित खेलाडिहरुलाई खान बस्नको असुबिधा भएपछि सेमीफाइनल र फाइनल खेल अमराइको खेल मैदानमा ल्याईएको केसिले जानकारी दिए। अमराई बजारमा खेल ल्याएपछी व्यापारी खेलप्रेमी स्थानीयले खेल सम्पन्न गर्न आर्थिक सहयोग समेत गर्नु भएको थियो उहाँहरुलाई केसिले धन्यबाद दिएका थिए।  

यस खेललाई नेपालको भलिबल प्रचलन अनुसार डबल लिग सिस्टम खेलाईएको थियो। प्रतियोगितामा अन्लाईन दर्ता धेरै टिमले गरेतापनी जम्मा ७ टिमको सहभागी रहेको केसिले जानकारी दिए।

सेमिफाइनल खेलमा आयोजक भर्सेज खाची दरबार  खेलाईएको थियो। दोर्सो लिगको सेमिफाइनल खेल सितापुर भर्सेज जुकेना खेलाईएको थियो। सेमिफाइनल खेलमा खाँचीदरबारले हात पार्दै फाईनलमा प्रवेस गरेको थियो। सितापुर् र जुकेनाको सेमिफाइनलमा जुकेनालाई हराउदै सितापुर फाईनल प्रबेस गरेको थियो। तेस्रो स्थानको लागि आयोजक भर्सेज जुकेना बिच भएको खेलमा सोझो सेटमा आयोजकलाई हराउदै जुकेना तेस्रो स्थान हात पार्न सफल भएको थियो

फाइनल खेलमा सितापुर भर्सेज खाची दरबार बिच  भएको खेलमा सितापुर र खाचीदरबार ३-१ सेटमा पराजित गर्दै सितापुरले उपाधी हात पार्न सफल भएको थियो। खेलको बिजेताले ५१ हजार नगद शिल्ड मेडल प्रमाणपत्र,उप-बिजेताले ३० हजार नगद शिल्ड मेडल प्रमाणपत्र तेस्तै तेस्रो हुनेलाई २० हजार नगद सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्