अर्घाखाँचीमा १ गर्भवती महिला सहित पेटमा भएको बच्चाको मृ'त्यु 

| २०८० फागुन २२ गते १७: २५ मा प्रकाशित

केशब पन्थी ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको सितगङ्गा नगरपालिका वडा नम्बर १४ करेचुलिकी एक गर्भवती महिलाको मृत्यु भएको छ । 

गए राती बेथा लागेर कपिलवस्तुको पिपरा अस्पतालमा लगिएको र राती साढे ३ बजे तिर अस्पतालमा नै मृ'त्यु भएको वडा नम्बर १४ का वडाध्यक्ष दामोदर न्यौपानेले अर्घाखाँची बुलेटिनलाइ  जानकारी दिनु भएको छ ।

 मृतक  अन्दाजी ४० बर्षकी श्यामकला बलालका २ छोरी र १ छोरा रहेको वडाध्यक्ष न्यौपानेले बताउनु भयो ।  मृतक बलालको पेटमै बच्चाको मृ'त्यु भइसकेको अस्पतालले जनाएको न्यौपानेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्