शितगङ्गामा आगलागी हुँदा दुई गोठ जलेर नष्ट

| २०८० चैत ५ गते २०: २२ मा प्रकाशित

युवराज पौडेल ,अर्घाखाँची। अर्घाखाँची जिल्ला सितगङ्गा नगरपालिका वाड न ५ गैराखर्क निवासी घनश्याम पौडेल  को दुई गोठमा आगलागी हुदा एक भैंसी शक्त खाइते भएको छ भने गोठ पुर्णरुपमा जलेर नष्ट हुँदा लगभग  ५/६ लाखको भौतिक क्षती भएको छ।

आगो के कति कारणले लाग्यो भन्ने कारण खुल्न सकेको छैन  गए राती  ११:४५ बजेको समयमा आगलागी भएको परिवारको भनाइ छ।साबधान बनौ हावाहुरी चलिरहेको छ आगो बालेपछी काम सकिएपछि राम्रो संग निभाउने बानी बसालौं। 

प्रतिक्रिया दिनुहोस्