नेकपा एमाले अर्घाखाँची द्वारा शितगङ्गा नगर कमिटिलाई दुईदिने आधारभुत प्रशिक्षण

| २०८० चैत १० गते २१: ४७ मा प्रकाशित

झनक केसि,चैत १० शनिवार। अर्घाखाँची जिल्ला शितगङ्गा नगरपालिकामा नेकपा एमाले अर्घाखाँची द्वारा शितगङ्गा नगर कमिटिलाई २ दिने आधारभुत प्रशिक्षण कार्यक्रम सम्पन गरेको छ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन एमालेका केन्द्रिय नेता बोम बहादुर बिस्वकर्माले गर्नु भएको थियो। शुक्रबार देखि सुरु भएको २ दिने प्रशिक्षणमा जिल्ला कमिटी,नगरकमिटी,विभिन्न भातृ संघसंगठनका प्रमुखहरुलाई प्रशिक्षणमा सहभागिता भएका थिए। 

शितगङ्गा नगरपालिका वाड न-३ ठाडामा रहेको सामुदायिक भवनमा आयोजित कार्यक्रममा नेकपा एमाले लुम्वीनी प्रदेश सदस्य रामजि प्रसाद घिमिरे,नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुषाल,प्रदेश सदस्य के,.वि.भुषाल,तोज बहादुर रायमाझी (बिधान) शम्भु पोख्रेल,बिष्नु पोख्रेल,लिल बहादुर बिक,श्रीकृष्ण भुषाल,कमल प्रसाद घिमिरे,कुशल भुषालले प्रशिक्षण दिनुभएको हो ।

आधारभुत प्रशिक्षण कार्यक्रममा केके कुराको प्रशिक्षण दिएको थियो भने क.कमल प्रसाद घिमिरे द्वारा राजनैतिमक शब्द परिचय,तेस्तै क.के.वि.भुषाल द्वारा माक्सवादी दर्शन तथा वर्ग पक्षधरता,तेस्तै क.बिष्नु पोख्रेल द्वारा,राजनैतिक दलहरुको तुलनात्मक अध्यन र इतिहास,तेस्तै क.लिल बहादुर बिक द्वारा,समृद्धि नेपाल शुखी नेपालको अवधारणा,तेस्तै क.पिताम्बर भुषाल द्वारा एमालेको १०औ राष्ट्रिय महाधिवेशनको नीति तथा कार्यक्रम र कार्य दिशा,तेस्तै क.शम्भु पोख्रेल द्वारा समाज बिकाश र बिशेषता,क.तोज बहादुर रायमाझी बिधान द्वारा नेपालको संविधानका विशेषता र २०६२/६३ को आन्दोलन,तेस्तै क.श्रीकृष्ण भुषाल द्वारा संगठन पार्टी कम्युनिस्ट नैतिकता,आचरण र अनुशासन,तेस्तै कुशल भुषालद्वारा सन्चार,सोसल मिडिया भनेको के हो,फाइदा बेफाइदा जस्ता बिषयलाई जोडेर २ दिने प्रशिक्षण गरिएको नगर कमिटी कार्यालय सचिव मान बहादुर नेपालिले जानकारी दिए। कार्यक्रममा १४० जनाले सहभागिता जनाएका थिए।

२ दिने आधारभुत प्रशिक्षण कार्यक्रममा सबै परिक्षार्थीहरुलाई परीक्षा लिएर प्रमाण पत्र समेत बितरण गरिएको नेपालिले जानकारी दिए।

कार्यक्रमका अतिथिहरु प्रदेश बिभाग वसन्त श्रेष्ठ,पार्टी सचिव भिम केसि,प्रदेश सदस्य गोबर्धन थापा,जिल्ला सल्लाहकार ऋषि रेस्मी,लगाए विभिन्न भातृ संगठनका प्रमुखहरु आतिथ्यमा कायबाहक अध्यक्ष सन्जय रानाको अध्यक्षता र नगर सचिव ऋषि घिमिरेको संचालनका २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्