शितगंगाको करेचुलीमा सवारी दुर्घटना एक जनाको मृ'त्यु

| २०८० चैत २१ गते १८: ०४ मा प्रकाशित

अराज बेल्वासे,सितागंगा।  शितगंगा नगरपालिका वडा नम्बर १४ करेचुलीमा लु ६ ज ७९३२ नम्बरको जिपले लु ६ प ५९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

आज दिउसो करेचुलीबाट फर्कने क्रममा ओरालोमा जिपको ब्रेक फेल हुँदा अगाडी रहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिपले मोटरसाइकललाई ठक्कर दिए पछि दुबै सवारी सडक बाट करिव सय मिटर तल खसेको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी नायव निरिक्षक सालिकराम खनालले जानकारी दिनु भयो ।

 दुर्घटनामा कपिलबस्तुको सुद्धोधन गाउपालिका एक निवारी २८ बर्षिय नियाज मुसलवानको घटना स्थलमै मृत्यु भएको छ भने जिप चालक रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका ११ का सनिउल्लाह मुसलवानको खुट्टामा चोट लागेको छ उनको लुम्बिी प्रदेशिक अस्पताल बुटवलमा उपचार भइरहेका प्रहरीले जनाएको छ । 

जिपमा सवार अन्य सकुसल रहेका प्रहरी नायव निरिक्षक खनालले जानकारी दिनु भयो घटनाका थप अनुसन्धान भइरहेको छ सवको ठाडा प्राथमिक उपचार केन्द्रमा पोष्टमाटम भइ आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्