शितगङ्गा नगरपालिकामा दोस्रो बिराट महायज्ञ सुरु (फोटो फिचर सहित)

| २०८१ बैशाख २ गते १९: ५० मा प्रकाशित

अर्घाखाँची ,झनक केसि। २०८० वैशाख १ गते देखि शितगङ्गा नगरपालिका वाड न-३ ठाडामा दोस्रो शैक्षिक बिराट महायज्ञ सुरु भएको छ। 

ज्योती भविस्वर बहुमुखी क्याम्पसको आयोजना,मानवसेवा फाउन्डेसन काठमान्डौको ब्यबस्थापन र शितगङ्गा नगरपालिकाको संरक्षकमा शैक्षिक बिराट महायज्ञ नयाबर्षबाट सुरु भएको हो।

 विशेष कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले गर्नु भएको छ। 

शैक्षिक बिराट महायज्ञको उद्घाटन गर्दै प्रदेशसभा सदस्य क्षेत्रको पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम थाल्ने बताएका छन् ।

हाम्रो प्रदेश पर्यटकीय हिसाबले निकै भरिपूर्ण छ’ उनले भने, ‘अब पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिएर यस जिल्लालाई आर्थिकरुपमा सबल बनाइने छ’ ।

उनले प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विस्तार र विकासका लागि आवश्यक योजना ल्याउने बताए । कार्यक्रमको अध्यक्षता ज्योती भविस्वर क्यामपसका अध्यक्ष कुमार केशब सिंह बेल्बासेले गर्नुभएको थियो।

प्रमुख अतिथी लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिले,बिशिस्ट अतिथीहरु बिस्वाविख्यात कथाबाचक बालयोगेस्वर श्री विजयकृष्ण मुर्ती महाराज ज्यु तेस्तै  अर्घाखाँची जिल्ला समन्वय प्रमुख जिवनारायण कोईराला,शितगङ्गा नगरप्रमुख छबिलाल पौडेल,नगर उप-प्रमुख गिता भाट,प्रशासकीय अधिकृत अर्जुन शर्मा, नेपाल सरकारका उपसचिव राजन क्षेत्री,अतिथिहरु १४ ओटैवडाका अध्यक्षहरु,ईलाका प्रहरी कार्यालय ठाडाका प्रमुख शालिकराम खनाल,विभिन्न पार्टिका प्रमुख तथा प्रतिनिधिहरु,पत्रकार महासंघ अर्घाखाँची तथा अर्घाखाँची पर्यटन पर्बद्धनका प्रवक्ता हृदय भुषाल,विभिन्न अन्लाईन मिडियाका पत्रकारहरु ,विभिन्न संघ सस्था,समाजसेवि,स्थानिय सरोकारवाला गुरुजनहरु रास्टिय तथा स्थानिय कलाकार झाकीहरु भक्तजनहरु जनसहभागितामा क्याम्पस प्रमुख बिष्णु भट्टराईको स्वागत मन्तव्य अराज बेल्बासे संचालनमा बिराट महायज्ञको उद्घाटन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्