सितापुर घोरबन्दामा प्रथम स्व.हिरा गुरुङ्ग स्मृतिकप लुम्बिनी प्रदेश सभा सदस्य घिमिरेद्वारा उद्घाटन(तस्विर सहित)

| २०८१ बैशाख २८ गते २१: ४९ मा प्रकाशित

अर्घाखाँची 
झनक केसि २०८१  बैसाख २८। शितगङ्गा नगरपालिका वाड न-२ सितापुर घोरबन्दामा प्रथम स्व.हिरा गुरुङ्ग स्मृतिकपको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य  घिमिरेद्वारा गरियो । 

स्व.हिरा गुरुङ्गको सम्झनामा घोरबन्दा सेवा समाजद्वारा आयोजित प्रथम हिरा स्मृतिकप अर्घाखाँची जिल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको २१ टिम सहभागिता रहेको छ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । प्रतियोगिता नकआउटका आधारमा हुनेछ । 

प्रतियोगिताको विजेताले ५१ हजार  हात पार्ने आयोजकले जनाएको छ । यो पुरुष भलिबलमा वडा बाहेक २ जना बाहिरी खेलाडी राख्न पाउने नियम बनाईएको छ । यस्तै दोस्रोले ३१ हजार तेस्रोले २१ हजार रुपैया पाउने छन् । यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट  स्पाइकर,ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि पुरस्कृत सम्मान गरिने छ । टिम दर्तामा अहिले सम्मका चर्चित बाहिरी खेलाडी लुम्बिनी प्रदेशका क्याप्टेन चिरन खडका,कमल गहतराज, जल्कोटका जल्दा बल्दा खेलाडी बिमल परियार,सुदुरपश्चिमका बलदेव धामी,सुरेस मल्ल ठकुरी,विभिन्न रास्टिय खेलाडीहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ। 

उक्त प्रतियोगितामा कार्यक्रम अध्यक्षता स्व-गुरुङ्गको दाजु राजु गुरुङ्गको अध्यक्षतामा प्रमुख अतिथी लुम्विनी प्रदेश सदस्य रामजि प्रसाद घिमिरे,बिशिस्ट अतिथी शितगङ्गा नगरप्रमुख छबिलाल पौडेल,उप प्रमुख गिता भाट,अतिथीहरु वडा न.२ का वडा अध्यक्ष  राम बहादुर गोर्खा,वाड न १ का अध्यक्ष मान बहादुर सिन्जापती,बिभिन्न पार्टिका प्रतिनिधी,अर्घाखाँची जिल्ला खेलकुद बिकाश समितिका सदस्य बिश्नु क्षेत्री,सुपा देउराली मन्दिर समितिका अध्यक्ष फर्स बहादुर केसि,सचिब हरि खनाल,इलाका प्रहरी ठाडाका प्रहरी नायक निरीक्षक डम्बर बुडाथोकी,स्थानिय समाजसेवि दाताहरु,पत्रकारहरु खेलाडी खेलप्रेमीहरुको आतिथ्यतामा हरि खनालको स्वागत मन्तब्य , ऋषि घिमिरेको संचालनमा कार्यक्रमको उद्घाटन गरिएको थियो। प्रतियोगिताको लागि आर्थिक सहयोग देश बिदेशमा रहनुहुने खेलाडि खेलप्रेमि लगाएत सुपा देउराली मन्दिर गाउँका आमा समुहहरु,लगाएत ब्यापारिहरुले सहयोग गरेको खेल संयोजक बिबेक गुरुङ्गले जानकारी दिए। 

उद्घाटनको पहिलो खेल ढाकाबाङ्ग भर्सेज नरपानी भएको खेलमा नरपानीले जित निकालेको थियो। भलिबलमा सर्वाधिक पुरस्‍कार राशीको खुल्ला पुरुष भलिबल प्रतियोगिता हो ।

प्रतिक्रिया दिनुहोस्