शितगंगा नगरपालिका

अर्घाखाँचीको शीतगंगाका टिकाबहादुर बादिको दुखदायी पिडा: घरको छानोले न घाम छेकिन्छ, न पानी

२०७८ सावन २८

प्रेमनारायाण आचार्य ,सन्धिखर्क। त्रिपाल र बोराले छाएको छानो। चर्किएका भित्ता। आकाशबाट परेको पानीले हिलाम्मे बनाएको भुइँ। सोमबार बिहान घरभित्रको त्यही हिलो सोहोर्दै थिए, शीतगंगा नगरपालिका–६ पाखापानीका टिकाबहादुर बादी। ‘यस्तै छ, गरिब, दुःखीको छाप्रो,’ उनले सुनाए, ‘न घाम छेकिन्छ, न पानी, जाग्राम बसेर रात कटाउनुपर्छ। घरमा अन्नसमेत छैन।’