शितगंगा नगरपालिका

सितगङ्गा ३ मा ४० घर परिवार विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश

२०७८ चैत १७

एसपी भुसाल ,सन्धिखर्क। नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य शान्ति परियारले स्थानिय चुनाब नजिकिँदै गएकोले चुनाबमा होमिन काङ्ग्रेस नेता कार्यकर्ता हरुलाई आग्रह गर्नु भएको छ । सितगङ्गा नगरपालिका वार्ड नम्बर ३ ले आयोजना गरेको पार्टी प्रबेस तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य परियारले नेपाली काङ्ग्रेस जन्ताको सारथि लोकप्रिय पार्टि भएको ले काङ्ग्रेस प्रति जन्ताको जनलहर बढेको बताउदै उहाले  अर्घाखाँची जिल्लामा काङ्ग्रेस को नेतृत्वमा बिकास निर्माणका कामहरु भएको प्रतिपक्षले ढाट छल र झुटको खेति गरेर जन्तालाई भ्रम छर्ने काम गरेको भन्दै भ्रमको पछि नलाग्न कार्यकर्तालाई निर्देसन दिनु भयो ।  कार्यक्रममा नेपाली काङ्ग्रेस का जिल्ला सभापति केसब श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सग जन्ताको बिचमा गएर भोट माग्ने हैसियत समाप्त भएको आरोप  लगाउनु भयो ।