राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ का जेष्ठ सदस्य वैजालिको निधन

| २०७८ माघ २७ गते २२: २२ मा प्रकाशित

माधव खनाल ,अर्घाखाँची।राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ आम्डाडा निवासी राष्ट्रिय जनमोर्चाका जेष्ठ सदस्य जुद्दबहादुर वैजालिको ८४ वर्षको उमेरमा बिहिवार विहान ९:३० बजे निधन भएको छ ।स्वर्गीय वैजालिको आजै स्थानीय घाटमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले वैजालिको  पार्थिक शरीर माथी राष्ट्रिय जनमोर्चाको झण्डा ओडाइ अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

श्रद्धाञ्जली अर्पण गर्दै केन्द्रिय सदस्य थापाले वैजालिको दुखद निधनको कारण राष्ट्रिय जनमोर्चाले एउटा कुसल अभिभावक गुमाएकोमा दु:खद प्रकट गर्दै स्वर्गीय वैजालिले देखाएको बाटोमा लाग्न आम कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

अन्त्येष्टि कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनाल ,सुमित्रा थापा राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य भोजराज खनाल अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य हिमलाल खनाल अखिल नेपाल महिला संघकि खुमा वेल्बासे प्रगतिशील पत्रकार संघ नेपालका माधव खनाल  भुमिकास्थान नगर कार्यपालिका सदस्य सान्ता खनाल भुमिकास्थान १ का वार्ड सदस्यहरु ओमप्रकाश बेल्बासे चमकला नेपाली गोपाल नेपाली नेकपा माओबादी केन्द्रका भुमिकास्थान नगरपालिका उपाध्यक्ष बाबुराम खनाल नेकपा एमालेका झविन्द्रबहादुर नेपाली राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका प्युठानका सदस्य सत्यमोहन राना अखिल नेपाल युवक संघ मल्लरानी गाउँपालिका अध्यक्ष अशोक राना अखिल नेपाल किसान संघका ननुकान्त भुसाल लगायतको उपस्थिति रहेको थियो।

स्वर्गीय वैजालिका श्रीमति  दुई छोरा दुई बुहारी एक छोरी ज्वाइँ र चार नातिनातिना हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्