३० वर्षे शासन ढालेर लोकतन्त्र ल्याउँछु: तिर्थराज घिमिरे

| २०७९ बैशाख १४ गते १२: १७ मा प्रकाशित

अर्घाखाँची । भुमिकास्थान नगरपालिका वडा नम्बर-९, ढिकुरामा नेपाली कांग्रेसबाट तिर्थराज घिमिरे ‘रामु’ले टिकट पाएसंगै सर्वत्र चर्चाको विषय बनेको छ । विगत ३० वर्षदेखी नेकपा एमालेले खुट्टा जमाएर बसेको ठाउँमा गठबन्धन का बलियो उम्मेद्वार हरु उठाएसंगै ढिकुरामा यो विषयले चर्चा पाएको छ । गठबंधन मा नेपाली काङ्ग्रेस , ने.क.पा. समाजवादि,  ने.क.पा.मसाल , ने. क.पा. माओबादी (केन्द्र)छन ।

२०५४ साल र २०७४ को निर्वाचन एमालेले आफ्नो पक्षमा पारेको थियो । २०४८ साल पछी ढिकुरा एमालेको फितलो निती र निराशाजनक विकासे गतीका कारण जनता आजित बनेका   छन् । सदरमुकामदेखी नजिकै भएर पनी बत्ती मुनीको अँध्यारो जस्तै बनेको सम्पुर्ण ढिकुरा का स्थानिय जनताहरुको भनाई छ ।
नेकपा एमालेले खेमराज चुँदालीलाई उम्मेद्वार बनाएको छ । यसअँघी उनी काठमांडौ बस्दै आएका थिए ।  चुँदाली विवादहरुमा त्यती नतानिए पनी जनतामाझ भने उनी अपरिचित जस्तै छन् । सँधै एमालेले जितीरहेको ठाँउ भएकाले अहिले पनी आफुले नै जित्ने उनले दावी गरेका छन् ।

यता गठबन्धन का नेता नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका तिर्थ राज  घिमिरे , बालकृष्ण शाहि र रिक बहादुर थापा,ने.क.पा.समजबादी नेता   राम प्रसाद भट्टराई कि श्रीमती महिला सद्स्य तारा देबि भट्टराई र खुल्ला सद्स्य   हुन । त्यस्तै ने.क.पा.माओबादी केन्द्र बाट  स्थानीय   नारायण  बहादुर सुनार कि बुहारि दलित महिला सदस्य सुमित्रा बि.क. जनतामाझ लोकप्रिय छन् । ढिकुरालाई अन्धकारबाट बाहिर ल्याउन आफ्नो उम्मेद्वारी रहेको उनिहरुले बताएका छन् । ‘देशमा लोकतन्त्र आईसक्यो ढिकुरामा बल्ल लोकतन्त्र आएको अनुभुती हुनेछ ।’ एमालेले के के गर्‍यो गरेन जनता सामु प्रष्ट भएकाले यसपाली काङ्ग्रेस सहित गठबन्धन को  जित पक्क छ । श्रोत - lmg (सुर्य भुसाल )

प्रतिक्रिया दिनुहोस्