अर्घाखाँचीका कलाकार विशाल रायमाझी र एलिना रायमाझीको "हङकङ मलाय" सार्वजनिक

| २०८० चैत ४ गते १५: ३३ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँचीका कलाकार विशाल रायमाझी र एलिना रायमाझीले "हङकङ मलाय" गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरेका छन् ।

म्युजिक भिडियोमा विशाल रायमाझी र पुर्णकला बिसी को सुमधुर आवाज रहेको छ । कलाकार तथा चर्चित मोडल एलिना रायमाझी र कलाकार मोडल बिक्रम बुढाथोकीले दमदार अभियान दिएका हुन। 

विस्वास नेपालले एरेन्ज गरेको गीतमा एउटा प्रदेसीको पीडा लाई देखाउन खोजिएको छ । गर्भवती श्रीमती लाई घरमै हेरचाह गर्नुको  साटो छोडेर प्रदेश लाग्नुको पिडालाई भिडियो मार्फत देखाउन खोजिएको छ । 

लामो समयदेखि निरन्तर कडा मेहनत गरेर आफूलाई लोक दोहोरी क्षेत्रमा स्थापित गराएका विशाल रायमाझी परिवार यसभन्दा अगाडि नक्क्ले भिनाजु, संगिनी, पुर्बै धरान र सिक्री घाटीमाको म्युजिक भिडियो सार्वजनिक भए सगै उत्तिकै चर्चा बटुल्न सफल भएका थिए ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्