प्रकाशको नाममा एउटा गजल
हरि कुँवर , अर्घाखाँची ।
नरोउ मेरा ए दुखी आँखा टुटिसकेकाछ्न तिम्रा सपनाहरू ।यता बनाउदा उता बिग्रने भगवानका नियमहरु ।।
तिमी कति राम्रा थियौं खोट लाउन जानीन महिले ।अब फुल रोप्दा काँडा हुने बोट लाउदिन महिले । ।
विवशता रहेछ जिन्दगी नचाहेर जिउनुपर्ने ।दुःख रहेछ जिन्दगी आँसु मात्र पिउनुपर्ने ।।
अनिश्चित रहेछ जिन्दगी क्षणभरमा छुट्नुपर्ने ।खेलौना रहेछ जिन्दगी थाहै नपाइ टुट्नुपर्ने ।।
आगो रहेछ जिन्दगी भित्र भित्रै जल्नुपर्ने ।पिडा रहेछ जिन्दगी हरेक दुखाइ सहनु पर्ने ।।
प्रतिक्रिया दिनुहोस्