मालारानी गाउँपालिका

मालारानीमा एमालेमा गयो पहिरो : वडा सदस्य सहित ५० जना कांग्रेसमा प्रवेश

२०७८ असोज ५

कमला पाेख्रेल,सन्धिखर्क।  ५ असाेज । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. २ मा वडा सदस्यको नेतृत्वमा ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।लामापोखरा र गहतेरामा भएको कार्यक्रममा वडा नं. २ का जनप्रतिनिधि लोक बहादुर कुँवरको नेतृत्वमा आज ५० जना नेकपा एमालेबाट नेपाली कांग्रेसमा प्रवेश गरेको मालारानी कांग्रेस संयोजक शोभाखर खनालले जानकारी दिनुभयो ।