शिक्षक डिलाराम पोख्रेलद्वारा एक बिधालयमा छात्रवृत्ति अक्षकोषको स्थापना

| २०८० पौष ९ गते २३: ०१ मा प्रकाशित

सन्जु रबि पोख्रेल ,मालारानी। अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न ४ खन ६ थाम निवासी हाल जिवनोद्वार मा बि वाङ्गला सन्धिखर्क मा कार्यरत मालारानी ४ किरण मा बिका पुर्ब शिक्षक डिलाराम पोख्रेल द्वारा आफ्नो जन्मदिनको अबसरमा विद्यालयको बार्षिकोत्सको दिन बुवा बुद्धि राम पोखरेल र आमा धनकलाको नाम बाट बुद्धि राम धनकला छात्रवृत्ति अक्षकोष स्थापना गर्नु भएको छ उक्त छात्रवृत्ति कोषको रकम रु ३०००० तीस हजार को रहेको विद्यालयले जनाएको छ ।

आगामी बर्ष हरुमा कोषको रकम थप गर्दै जाने कुरा पनि शिक्षक डिलाराम पोख्रेल  ले अर्घाखाँची बुलेटिन  बताउनु भएको छ ।

उक्त रकमको ब्याजबाट पालिका स्तरीय आधारभूत तह उतिर्ण परीक्षा मा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी लाई छात्रवृत्ति बितरण गरिने छ । साथै सदा जस्तै यश बर्ष पनि बिपन्न परिवारका तीन जना छात्रछात्रा का लागि विद्यालय पोशाक बितरण गर्नुभएको थियो ।

यसरी कोषको स्थापना गरि रचनात्मक काॠ गरेकोमा कार्यक्रम का प्रमुख अतिथि प्रदेश सांसद एबम पुर्ब मन्त्री चेतनारयण आचार्य ,मालारानी पालिका अध्यक्ष दल ब भट्टराई पुर्ब अध्यक्ष बालकृष्ण आचार्य पुर्ब बि ब्य स अध्यक्ष कृष्ण खनाल लगायत बक्ताहरुले धेरै धेरै धन्यवाद तथा जन्मदिनको सु स्वास्थ दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्