अनेमसंघ क्रान्तिकारी मालारानीकाे तेस्राे अधिवेशन सम्पन्न: सचिवमा राधा चुदाली

| २०८० चैत १८ गते ०७: ०० मा प्रकाशित

बाबुराम रसाईली
१८ चैत्र, २०८० मालारानी। अनेमसंघ क्रान्तिकारी मालारानीले तेस्राे अधिवेशन सम्पन्न गरेकाे छ ।जसको सचिवमा राधा चुदाली खड्का मनोनयन भएकी छिन। 

अधिवेशन पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार वि.क काे प्रमुख आतिथ्यता, विशिष्ट अतिथि पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सह-ईन्चार्ज छम कुमारी खनाल (चिनारी), अतिथि पार्टी लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल, पालिका ईन्चार्ज क., लुम्बिनी प्रदेश परिषद् सदस्य देव बहादुर खड्का, पार्टी जिल्ला समन्वय समिति सदस्य  हेमराज भुसाल, अनेमसंघ  जिल्ला अध्यक्ष शर्मिला पाेख्रेल, पार्टी मालारानी ६ का सहसचिव तथा निर्वाचित ६ नं. वडा सदस्य लालु राना, पार्टी मालारानी ६ का काेषाध्यक्ष तथा निर्वाचित ६ नं. वडा सदस्य नुम बहादुर घम, मालारानी ९ वडा  सदस्य सावित्रा नेपाली, एकीकत  शिक्षक संगठन जिल्ला  सचिव वि.वि खड्का, सदस्य रामकृष्ण वि.ककाे आतिथ्यतामा अधिवेशन सम्पन्न भएकाे हाे ।

अनेमसंघ क्रान्तिकारी मालारनी ले सीता जिसिकाे नेतृत्वमा २१ सदस्यीय पालिका कमिटी गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा लालु राना, सचिव राधा चुदाली खड्का,  काेषाध्यक्ष उषा थापा, सह-सचिव लक्ष्मी विक, रेश्मा विक लगायत २१ सदस्यीय पालिका कमिटी गठन गरेकाे हाे ।  अधिवेशनमा बाेल्दै प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरुले नवनिर्वाचित गठन भएकाे २१ सदस्यीय पालिका कमिटीलाई संगठनकाे विधि, विधान, पद्धतिमा रहि संगठनलाई आगामी दिनमा मजवुद बनाउन आग्रह गरि बधाई तथा सफल कार्यकालकाे शुभकामना समेत व्यक्त गरेका छन्अ । उक्त अधिवेशन अनेमसंघ क्रान्तिकारी मालारानी अध्यक्ष सिर्जना भुसालकाे अध्यक्षता, र सचिव सीता जिसीकाे संचालनमा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्