नि:शुल्क स्वास्थ्य शिविरमा ३०७ जनाले गराए जाँच

| २०८० चैत २४ गते २१: ३६ मा प्रकाशित

केशब पन्थी। उदीयमान जनजागृति क्लब मालारानीले आज  आयाेजना गरेकाे निःशुल्क स्वास्थ शिविरमा ३०७ जनाले स्वास्थ्य जाँच गराएका छन । 

अर्घाखाँची जिल्लाको  मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीको स्वास्थ्य चौकिमा सम्पन्न भएको  शिविरमा जनरल फिजिसियन ,हाडजोर्नी तथा नशा राेग बिशेषज्ञ ,नाक कान घाँटी रोग   बिशेषज्ञ ,स्त्रीरोग बिशेषज्ञको सहभागिता रहेको थियो । 

चौराह हस्पिटल प्रा:लि बुटवल र बागी स्वास्थ्य चौकी अर्घाखाँचीको प्राबिधिक सहयोग रहेको शिबिरमा मालारानी गाउँपालिका वडा नम्बर ५ वडा कार्यालय बागीको सहकार्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्