घट्यो बोइलर कुखुराको मूल्य

| २०७९ चैत २० गते १८: १९ मा प्रकाशित

काठमाडौं । बोइलर कुखुराको मूल्य घटेको छ । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मंगलबारदेखि लागु हुनेगरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले घटाएको हो ।

संघका सचिव देव गिरीकाअनुसार अब मंगलबारदेखि जिउँदो बोइलर कुखुराको मूल्य २८० रुपैयाँ प्रतिकिलो कायम भएको छ । ‘२१ चैत, २०७९ मंगलबारदेखि जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर खरिद मूल्य १० रुपैयाँले घटेर २८० रुपैयाँ कायम भएको छ’ सचिव गिरीले भने । उनकाअनुसार अब तयारी मासुको मूल्य पनि घटेको जिउँदो कुखुराको मूल्यअनुसार मंगलबारदेखि समायोजन हुनेछ ।

हाल ४२० रुपैयाँ औसत रहेको तयारी मासुको मूल्य अब ३८० रुपैयाँ हाराहारी रहने गिरीले बताए । स्वदेशमा धेरै उत्पादन भएको र खपत कम भएका कारण नभई भारतबाट अवैध मासु र चल्ला आयात भएका कारण मासुको मूल्य सस्तो भएको उनको दाबी छ ।रासस 

प्रतिक्रिया दिनुहोस्