मेयरको एसइई दिँदै गरेका ज्वाइँ पक्राउ

| २०७९ चैत २० गते १९: २४ मा प्रकाशित

रौतहटमा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख (मेयर) प्रेमलाल साहको साटो उनकै ज्वाइँले एसइई परीक्षा दिँदै गर्दा पक्राउ परेका हुन्। 

लक्ष्मीनिया मावि मौलापुर परीक्षा केन्द्रमा नगरप्रमुख साहको साटो उनका ज्वाइँ रौतहटको गरुडा नगरपालिका वडा नं-६ पोठियाहीका कमल साहले परीक्षा दिँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस्