लिटरमै १० रुपैयाँले घट्यो डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य

| २०७९ चैत २० गते १९: ४९ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ ।

सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१०  रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।

सोमबार बसेको बोर्ड बैठकले डिजेल, मटीतेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ,’ थानीले भने, ‘खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ ।source -onlinekhabar 

प्रतिक्रिया दिनुहोस्