एकै घरका दुई दिदीबहिनी मृ'त अवस्थामा भेटिए

| २०७९ चैत २३ गते १६: ४१ मा प्रकाशित

रुकुम पुर्व- रुकुम पुर्वमा दिदीबहिनी मृत भेटिएका छन् ।

जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर ३ रन्माका दुई दिदीबहिनी मृत फेला परेका हुन ।

बिहीबार रन्मा गाउँका एकै घरका दुई दिदीबहिनी मृत अवस्थामा भेटिएका हुन् ।

बुधबार दिउँसो दिदीबहिनी सिस्नो टिप्न घरबाट निस्किएका थिए । स्थानीय तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर रहेको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगरले जानकारी दिनुभयो ।

बुधबार हराएका बालिकाहरु स्थानीयले खोज्दा बिहीबार बिहान गाउँ नजिकै भीरमा मृत फेला परेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धानका लागि अहिले प्रहरी घटना स्थल तर्फ जाँदै गरेको डीएसपी श्रेष्ठले बताउनुभयो । स्थानीयबाट प्राप्त खबर अनुसार दुई बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुन सक्ने आशंका गरिएको श्रेष्ठको भनाइ छ ।नेपाल टेलिभिजन बाट साभार 

प्रतिक्रिया दिनुहोस्