उपचुनाव हुने तीन जिल्लामा भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

| २०७९ चैत २३ गते १६: ४८ मा प्रकाशित

काठमाडौं । उपनिर्वाचन हुने तीन जिल्लामा भोलि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।

निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

चितवन क्षेत्र नम्बर २, बारा –२ र तनहुँ– १ मा १० वैशाखमा उपचुनाव हुँदैछ ।रासस 

प्रतिक्रिया दिनुहोस्