नेपाली टिमलाई कमजोर ठानेर खेल्दैनौ: कप्तान बाबर आजम

| २०८० भदौ १२ गते २०: ४१ मा प्रकाशित

काठमाडौँ । पाकिस्तान टिमका कप्तान बाबर आजमले आफुले नेपाली टिमलाई कमजोर ठानेर नखेल्ने बताएका छन् ।

बुधबार हुने एशिया कपको पाकिस्तानविरुद्धको उद्घाटन खेल अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान बाबरले आफुहरुले नेपालको बलियो पक्ष र कमजोर पक्ष बारे आफुहरुले चर्चा गरेको बताउदै नेपाललाई कमजोर ठानेर नखेल्ने बताएका हुन् ।

उनले भने- क्रिकेटमा कुनै पनि टिमलाई सजिलो लिनु हुदैन । क्रिकेटरको रुपमा मैले सिकेको छु, क्रिकेटलाई इजी लिनु हुदैन । हामीले योजना बनाएका छौं । हामीले नेपालको कमजोरी र बलियो पक्षलाई हेरेका छौं । पहिलो खेल हो । हाम्रो लागि महत्वपूर्ण खेल हो । हामीले राम्रो शुरुआत गर्न चाहन्छौं ।'

बाबरले एशिया कप दुई देशमा आयोजना हुन लागेको प्रति टिप्पणी गर्दै पाकिस्तानमा सबै खेल भएको भए राम्रो हुने थियो भन्दै आफुहरु एशिया कपको लागि उत्साहित रहेको बताए ।

बुधबार एशिया कपको उद्घाटन खेलमा मुल्तान क्रिकेट स्टेडियममा पाकिस्तान र नेपालल खेल्दै छन् । खेल नेपाली समय अनुसार ३: ४५ बजेदेखि शुरु हुने छ । 

प्रतिक्रिया दिनुहोस्