समाजसेवी युवा जीवन बोहरा द्वारा जन्मदिनमा गरिने फजुल खर्च कटौती गरि क्यान्सर पिडत लम्साललाई आर्थिक सहयोग

| २०७८ कार्तिक १२ गते १६: ३७ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ८ पाली निवासी आन्द्रामा क्यानसर देखिएका बिष्णु लम्साल लम्सालको पारिवारिक आर्थिक अबस्था कमजोर भएको छ। 

उनलाई बचाउनका लागि आर्थिक संकलन अभियानमा आफ्नो जन्मदिनको अवसर पारि पाणिनी गाउपाली वडा नं ८ बरपोखरा  पालि घर भै हाल बुटवल सुपा देउराली मोटरसाइकल एण्ड रिकन्डिसन  वर्कसप  सञ्चालन गर्दै आउनु भएका समाजसेवी,युवा ब्यबसायि तथा बिभिन्न संघ सस्थामा आवद्ध युवा ब्यबसायि जीवन बोहरा द्वारा जन्मदिनमा गरिने फजुल खर्च कटौती गरि समस्यामा परेकालाई सहयोग गर्नुपर्छ भन्ने मनोसाय राखि क्यान्सर पिडित लम्सालको उपचारका लागि आर्थिक सहयोग रकम रू ५०००/ अक्षरूपि पाँच हजार रूपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ ।

 सहयोगी जीवन बोहरा लाई धन्यवाद तथा उपचाररत लम्साल को सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्