अर्घाखाँचीको पाणिनी- ८ पालिमा प्रहरी चौकी भबनको सिलन्यास सम्पन्न

| २०७९ पौष १७ गते १८: १६ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 पौष १७ -अर्घाखाँचीको पाणिनी- ८ पालिमा प्रहरी चौकी भबनको सिलन्यास सम्पन्न भएको छ।

 अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा न.८ को पालिमा नबनिर्मित प्रहरी चौकी भबनको एक कार्यक्रमका बिच सिलन्यास सम्पन्न भएको छ पाणिनि गाउँ पालिकाका अध्यक्ष टेकराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका  प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले संयुक्त रूपमा सिलन्यास गर्नु भएको छ।

प्रहरी चौकी भबनको सिलन्यास सम्पन्न 

सिलन्यास कार्यक्रममा पाणिनि गाउँपालिका वडा न.७ का वडा अध्यक्ष गुनाखर अधिकारी वडा न. ८ का वडा अध्यक्ष रोम बहादुर पान्डे साइड इन्जिनियर प्रनि बिमल कार्की ,जिल्ला प्रहरी कार्यालयका लेखापाल ओम खड्का , निर्माण ब्याबसायी बिजय खनाल , पत्रकार महासंघका प्रदेश सदस्य प्रेम नारायण आचार्य ,जिल्ला अध्यक्ष अशोक खनाल तथा स्थानीयहरुको उपस्थित रहेको थियो ।
 
संघिय  सरकारको नियमित बजेट अन्तरगत  कुल २ करोड ९९ लाखमा सम्झौता गरि अर्जुन बिल्डर्स कन्ट्र्क्सन प्राली गुल्मीले जिम्मा लिएको छ २०७९/९/७ गते सम्झौता भइ २०८०/९/ ६ सम्पन्न गरिसक्नु पर्ने गरि सम्झौता गरिएको र समयमै निर्माणकार्य  सम्पन्न गरिने निर्माण ब्याबसायी बिजय खनालले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्