पाणिनी गाउँपालिका

५ करोडका सुन्तला बेच्दै अर्घाखाँचीको पाणिनिका किसान

२०७९ मंसिर २०

सन्धिखर्क। अर्घाखाँचीको पाणिनि गाउँपालिका—१ सिम्ले गाउँमा मात्रै पाँच करोडको सुन्तला फलेको छ। पाणिनि गाउँपालिका—१ सिम्ले गाउँका किसानले ३ लाखदेखि २८ लाख रुपैयाँसम्म आम्दानी गरेका छन्। यहाँका ४९ घरका किसान व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन्। उनीहरू सबैले सुन्तला बेचेर जीवनस्तर सुधार गरेका हुन्।