रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँची ,सन्धिखर्क नगरपालिको प्रथम स्तरीय भेला सम्पन्न: अध्यक्षमा ढुंगाना

| २०७८ फागुन २८ गते १८: ३५ मा प्रकाशित

हरि कुँवर ,अर्घाखाँची । रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँची , सन्धिखर्क नगरपालिकाको अध्यक्षमा रामप्रसाद ढुंगाना सर्वसम्मत चयन भएका छन । 

" रिटर्नीको ज्ञान सीप पुँजी र जागर - समृद्ध नेपालको दीगो आधार " भन्ने मुलनारा सहित रोजगारीको अभावमा वाध्यताले पलायन हुन परेको र थोरै भए पनि पुँजी, ज्ञान, सीप र अनुभव बोकेर स्वदेश फर्किएका युवाहरु जिल्लामा एक जुट भएका हुन ।

नेकपा एमालेको जनसंगठन रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँची , प्रथम सन्धिखर्क नगरपालिका स्तरिय भेला सनिवार सन्धिखर्कको बिन्दु होटलमा सम्पन्न भएको छ । भेलाले रामप्रसाद ढुंगानाको अध्यक्षतामा १२ सदस्यीय पालिका कमिटीको गठन गरेको हो ।

जसको उपाध्यक्षमा टोम बहादुर राना , सचिव प्रमोद बन्जाडे कोषाध्यक्ष रामु भण्डारी , सह- सचीव रन्जित खड्का सदस्य नारायण प्रसाद पौडेल , जीवनारायण भुसाल ,पिताम्बर भुसाल,कमल प्रसाद भुसाल, नारायण रायमाझी , बिष्णु प्रसाद आचार्य र विनोद परियार छनोट भएका हुन ।

रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँची

 कार्यक्रम धर्मराज पराजुली को अध्यक्षता, प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सद्स्य लक्ष्मण रायमाझीले सम्बोधन गर्दै नेपाली राजनीतीक,सामाजिक,आर्थिक समृद्ध ल्याउन युवाहरूले महत्त्वपूर्ण भुमिका रहेको बताए । समृद्ध नेपालको दीगो आधार पुँजी, ज्ञान, सीप र अनुभवलाई जिल्ला भित्र मिलेर लगाउनुपर्ने स्पष्ट पारे । 

गाउँघर र शहरमा बैदेशिक रोजगारीबाट फर्केकाहरु लाखौंको संख्यामा छन् तर पहुँच अभावका कारण हरेक अवसरबाट बञ्चित हुनुपरेको छ । संगठनले यिनै अवसरबाट बञ्चितहरुको हक अधिकार स्थापनासँगै अवसरको खोजी गरेका एकजुट भएको रिटर्नी केन्द्रिय सदस्य मित्र मणि मिश्रले बताए । 

 नेकपा एमाले जिल्ला अध्यक्ष पितम्बर भुसाल, सन्धिखर्क नगरकमिटी अध्यक्ष श्रीकृष्ण भुसाल, रिटर्नी जिल्ला इन्चार्ज लिला बराल ,आर एफ एन सह  कोषाध्यक्ष बसन्त केसी, हिमाल भुसाल लगाएतको उपस्थितिमा रामु गैरेको स्वागत मनतव्य राजेन्द्र पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्