एमालेका उम्मेदवारकाे विजयी यात्रा स्थानिय तहबाट सुरू हुन्छ: एमाले अध्यक्ष भुसाल

| २०७८ चैत २८ गते १७: ४१ मा प्रकाशित

गणेश खनाल।  नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसालले एमालेले विरूद्व सत्ता गठबन्धन दलले मिडियालाइ समेत दुरप्रयाेग गरेकाे आराेप लगाउनुभयाे ।
 

केही मिडिया सञ्चालकलाई प्रयाेग गरि मिडिया मार्फत अफवाह फैलाउने काम भइरहेकाे बताउनुभयाे । प्रेस चाैतारी समद्व पत्रकारले तथ्यकाे आधारमा सत्य स्थापित गरि जनतालाइ सचेत बनाउन आग्रह गर्नुभयाे । 

प्रेस चाैतारी जिल्ला शाखाकाे बैठकलाई सम्बाेधन गर्दै भुसालले एमालेले सग एक्लै लड्ने तागत नभएर पाच दलकाे गठबन्धन गरे पनि फेरि एमालेले जित्ने आधार भएपछि गठबन्धन आतकित भइरहेकाे बताउनुभयाे । 

जनता विना दलकाे गठबन्धनले एमाले अर्घाखाँचीलाई कुनै असर नपार्ने बताउदै एमालेका उम्मेदवार लाई विजय यात्रामा कसैले राेक्न नसक्ने बताउनुभयाे । अध्यक्ष भुसालले एमालेमा प्रवेशकाे लहर रहेकाे बताउदै अझै हजाराै प्रवेश गर्ने बताउनुभयाे ।
 
कार्यक्रम प्रेस चाैतारी केन्द्रीय निर्वाचन आयाेगका अध्यक्ष गणेश खनाल,लुम्बिनी प्रदेश अध्यक्ष शाेभाकर पन्थी,पार्टी फ्याक्सन इन्चार्ज हिमबहादुर जिसि,केन्द्रीय प्रतिनिधि नविन केसि लगाएले मन्तव्य राख्नुभएको थियाे । 

प्रेस चाैतारी जिल्ला अध्यक्ष वसन्त श्रेष्ठकाे अध्यक्ष,सचिव माधव बेल्वासेकाे सञ्चालनमा सम्पन्न बैठकले विभिन्न निर्णय समेत गरेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्