मनोवैज्ञानिक तथा उत्प्रेरणा शिविर सम्पन्न

| २०७९ बैशाख १ गते १८: ४४ मा प्रकाशित

प्रेमनारायण आचार्य।सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा मनोवैज्ञानिक तथा उत्प्रेरणा शिविर सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिकाको आयोजना र आभाष एग्रो कन्सल्टेन्सी प्रालि, नयाँ बानेश्वर काठमाडौंको सहजीकरणमा  मनोवैज्ञानिक तथा उत्प्रेरणाा शिविर सम्पन्न भएको हो ।सस्थाले देशका विभिन्न नगरपालिका र गाउँपालिका संग सहकार्य गरेर विभिन्न क्षेत्रमा पाेलिसी निर्माणको काम गरिरहेको सस्थाका निर्देशक उदय भट्टराईले बताए ।

तालिमको उद्धाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले सकारात्मक सोचका साथ काम गर्न सबैलाई आग्रह गरे । उनले सेवाग्राहीलाई प्राथमिकतामा राखेर काम गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रमको उद्धाटन समारोहमा सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, शाखा अधिकृत मञ्जु खनाल, मनोपरामर्स विज्ञ वासु आचार्य, कृष्ण शर्मा नेपाली, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, सस्थाका तालिम संयोजक मिना बस्याल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सन्धिखर्क नगरपालिकाका योजना शाखाका नारायण पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्