सन्धिखर्क ७ को आयोजनामा वडा स्तरीय क्रीकेट प्रतियोगिता हुने

| २०७९ सावन ७ गते १७: ३२ मा प्रकाशित

सागर मरासिनी ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका ७ को आयोजना मा श्रावण ११ गते बाट वडा स्तरीय क्रीकेट प्रतियोगिता संचालन हुने भएको छ ।

प्रतियोगिता सन्धिखर्क नगरपालिका भित्रका १२ वटा वडा अनि प्रत्येक वडा भित्रका आधिकारिक क्लब बिच हुने आयोजक ले जानकारी दिएको छ ।  टिम दर्ता शुल्क रु ३०००  राखेको आयोजक ले प्रथम पुरस्कार सिल , मेडल , प्रमाणपत्र अनि नगद  र दोस्रो पुरस्कार  पनि सिल , मेडल , प्रमाणपत्र अनि नगद नै राखेको छ।

खेल सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको टुडिखेल मा  श्रावण ११ गते बिहान ११ बजे बाट सन्चालन हुने जानकारी प्राप्त भएको छ। 

खेलमा वडाका आधिकारिक दर्ता भएका क्लब पनि सहभागी हुन पाउने आयोजक ले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्