सन्धिखर्कमा अवैध घरेलु मदिरा नियन्त्रण गरि नष्ट

| २०८० भदौ २३ गते १९: ३० मा प्रकाशित

अर्घाखाँची। सन्धिखर्क २ को आटिका पाटामा अवैध  घरेलु मदिरा नष्ट गरिएको छ। 

प्रहरी चौकी अर्घा विहारबाट प्र.स.नि.हिरालाल सेन्चुरीको कमाण्डमा खटिएको गस्ती टोलीले सन्धिखर्क नगरपालीका वडा नं. २ आटिका पाटामा अवैध रुपमा बिक्रि वितरणका लागि राखिएको मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको हो। 

मदिरा बनाउनको लागी प्रयोग हुने कच्चा पदार्थ (जाँड) ५२० लिटर र  मादक पदार्थ (रक्सी) बनाउन प्रयोग गरिने २ सेट भाँडा तत्कालै बरामद गरी स्थानिय जनप्रतिनिधिहरु, पत्रकार,स्थानिय भद्र भलादमीहरु, बुद्धिजिबिहरु र प्रहरी टोली समेतको उपस्थितिमा प्रहरी कार्यालयको कम्पाउण्ड भित्र खाल्डो खनि नष्ट गरिएकोहो ।

प्रतिक्रिया दिनुहोस्