शितगङ्गाको दोश्रो जित संगै सेमिफाइनलमा प्रवेश: भुमिकास्थान पराजित

| २०८० कार्तिक १७ गते १४: ०० मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। एवाईसी अर्घाखाँचीद्वारा आयोजित अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियाेगिता खेलमा शितगङ्गा नगरपालिकाले भुमिकास्थान नगरपालिकालाई २ -१ को सेटले पराजित गरेको छ।

राष्ट्रीय खेलाडी धिरज बस्नेत काजि ,सरन सामारी क्षेत्रि सम्मिलित भुमिकास्थान नगरपालिका संगको रोमान्चक खेलमा शितगङ्गा नगरपालिकाले २-१ को सेटमा पराजित गरेको हो। यस संगै शितगंगा नगरपालिका चौंथो एवाईसी अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियाेगिताको सेमिफाइनल मा प्रवेश गरेको छ। 

शितगङ्गा नगरपालिकामा अतिरिक्त अनुबन्धित खेलाडी रेशम छन्त्याल र चिरन खड्का रहेका छन्।शितगङ्गा नगरपालिकाले यस अघिका संस्करणमा २ पटक जीत हाँसिल गरेको छ ,यस पटक जित हाँसिल गरेमा रनिङ्ग शिल्ड आफ्नो निजि बनाउने छ। 

जिल्लाको निकै चर्चित प्रतियोगिताको रुपमा संचालन हुदै आएको प्रतियोगितामा प्रथम हुने टिमलाई अक्षरुपी ५० हजार दोस्रो हुने टिमलाई अक्षरुपी रु ३० हजार त्यस्तै तेस्रो हुने टिमलाई २० हजार साथै आकर्षक रनिङ्गशिल्ड,मेडल,तथा प्रमाणपत्र संगै शिल पचाउने टिमलाई थप पचास हजार गरि एक लाख सम्म दिन सकिने युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्