सामना साँस्कृतिक परिवारद्वारा सन्धिखर्कमा साँस्कृतिक कार्यक्रम प्रदर्शन

| २०८० मंसिर २२ गते १७: ३२ मा प्रकाशित

हिम लेकाली,सन्धिखर्क
२२ मंसिर - नेपाल कम्युनिष्ट पार्टी बिप्लब निकटकाे सामना सांस्कृतिक परिवारले सन्धिखर्कमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेकाे छ।

सामना जन संगित अभियान २०८० सम्पन्न गर्न कपिलबस्तु ,दाङ्ग ,प्युठान , हुँदै अर्घाखाँची आएकाे सामना साँस्कृतिक परिवार पश्चिम लुम्बिनी ब्युराेकाे एक  टाेलीले  शुक्रबार  सन्धिखर्कमा   विभिन्न जनवादि गीत तथा नृत्यहरू प्रस्तुत गरेकाे हाे । 

कार्यक्रमका जनगायक सांस्कृतिक संयाेजक देवराज सिंले यतिबेला  राष्ट्र राष्ट्रियता ,जनतन्त्र ,जनजिविकाका सवाल   संकटमा पर्दै गएकाे ,  राष्ट्रलाई mcc जस्ता राष्ट्रघाँती सम्झौता पास गरेर देशलाई बिदेशिकाे कृडास्थल बनाउन खाेजेकाे भन्दै    देश भर सामना सांस्कृतिक परिवारले  चेतना गीतले   जनता जगाउँदै हिडेकाे बताउनु भयाे ।

त्यसै गरि कार्यक्रममा  नेकपा बिप्लबका पार्टी जिल्ला सल्लाहकार अध्यक्ष ,जनयुद्धका घाइते अपांग प्रबास बा ले राष्ट्रीयताकाे बिषय सबैकाे साझा भएकोले सबै देशभक्तहरू राष्ट्र बचाउँन एक भएर अघि बड्नु पर्ने बताउनु भयाे । 

उहाँले गणतन्त्रकाे यात्रामा आईपुग्दा समेत जनताले साँचाे परिवर्तनकाे अनुभूति गर्न नपाएकाे   दुख ,पीडा ,निरासा बाट सर्ब साधारण जनताहरू आज पनि आक्रान्त भएकाे  र बर्तमान राजनिति चाैबाटाेमा अलपत्र परेकाे बटुबा जस्तै देखिएकाे बताउनु भयाे । उहाँका अनुसार याे सांस्कृतिक अभियानले पार्टीको अगुवाईमा जिल्लाका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्