नव निर्मित भवन प्रहरी चौकी पालीको प्र.ना.म कुबेर कडायतद्वारा उद्घाटन

| २०८० माघ २६ गते १७: २८ मा प्रकाशित

पूजा कुँवर ,अर्घाखाँची। जिल्ला प्रहरी कार्यालय अर्घाखाँची मातहत प्रहरी चौकी पाली अर्घाखाँचीमा नव निर्मित भवनको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख श्रद्धेय प्रहरी नायव महानिरीक्षक कुबेर कडायत ले उद्घाटन गर्नुभएको छ। 

साथै  कुबेर कडायतले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुएको थियो । उद्घाटन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले भवन निर्माण कार्यमा सहयोग पु¥याउनुहुने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र प्रदान  गर्नु भएको थियो। 

कुबेर कडायतले आफ्नो मन्तव्यमा बोल्दै सुविधा सम्पन्न कार्यालय भवन, व्यवस्थित तथा गुणस्तरीय ब्यारेक, मेश लगायत दैनिकी आवश्यक पर्ने भौतिक संरचना प्रहरी कर्मचारीहरूको मनोबलका साथै प्रहरीबाट प्रवाह हुने सेवासँग प्रत्यक्ष रुपमा जोडिएको उल्लेख गर्दै हालै निर्माण भएको नयाँ र सुविधा प्राप्त भवनले प्रहरी कर्मचारीहरूमा थप जिम्मेवारी निर्वाह गर्न उर्जा र हौसला मिल्ने बताउनुभयो । 

 प्रहरी चौकी पालीको उद्घाटन

नागरिकसँगको उचित समन्वय र सहकार्यमा कानून विपरीतका गतिविधि नियन्त्रण गरी समाजमा प्रभावकारी शान्ति सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गर्दै स्थानीय जनसमुदायलाई प्रहरीसँग निरन्तर समन्वय, सहकार्यको लागि कुबेर कडायतले आग्रह समेत गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो। उक्त उद्घाटन कार्यक्रम को सञ्चालन प्रहरी निरीक्षक बिक्रम रिजालले गर्नु भएको थियो । 

 धन्यवाद मन्तव्य राख्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौर

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. रोशन सारुले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा पाणिनी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायात, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, अमर प्रहरीका परिवारहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्