जिल्ला प्रशासन द्वारा अर्घाखाँचीका पसल अनुगमन तिव्र

| २०७८ असोज १९ गते १९: ४१ मा प्रकाशित

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा सुपादेउराली , नरपानी घुम्टिमा रहेका किरानापसल , फोटो स्टिडियो र होटलहरु गरि ४० ओटा पसलको अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा पसलहरुबाट मिति गुज्रिएका खाद्यबस्तु लगायतका सामग्री जफत गरि डम्पिङ्गसाइटमा नष्ट गरिएको छ । अनुगमनको क्रममा पसलहरुको दर्ता नै नगरि संचालन गरेको ,अधिकांसमा मुल्यसुचि नै नभएको पाइएकोले एकहप्ताभित्र सबन्धित ठाउँमा गइदर्ता गर्न आग्रह गरिएको सन्धिखर्क नगरपालिकाका बजार अनुगमन संयोजक जीब नारायण अचार्यले जानकारी दिनुभयो।

बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि कृष्ण प्रसाद अचार्य , पशुसाखा प्रमुख नारायण खनाल , रमेश खड्का, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि कृष्ण बहादुर तमाङ्ग,उद्योग बाणिज्य संघ जिल्ला सदस्य रुद्र प्रसाद श्रेष्ठ , चेम्बरअफ कमसका महासचिब प्रकाश भुसाल, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्