शितगंगाको सितापुरमा सुत्केरी महिलालाई पोषण खानेकुरा(तस्विर सहित)

| २०७८ मंसिर ६ गते २०: ३८ मा प्रकाशित

झनक केसी,अर्घाखाँची।
 मङ्सिर ६- शितगंगा नगरपालिका वार्ड न.२ कार्यलय मार्फत आ.व.०७८/०७९ मा जनप्रतिनिधि बिशेष सुत्केरि भेटघाट कार्यक्रम र महिला स्वास्थ स्वयंसेविका यातायात खर्च योजनाबाट सितापुरमा सुत्केरी महिलाहरूलाई पहिलो चरण अन्तरगत पोषण खानेकुरा बितरण गरिएको छ । शितगंगा नगरपालिका वडा नं. २ का ३८ जना सुत्केरी महिलालाई वडा अध्यक्ष गोबर्धन थापाले प्रति सुत्केरी महिला १ क्रेट अन्डा ४ पोका खाने तेल २०० ग्राम ज्वानो र ५ पिस जाइफल वितरण गर्नु भएको हो। 

सुत्केरी भएको बेला महिलाहरूलाई अत्यन्तै आवस्यक र तंग्रिन पोषणतत्वको आवश्यक पर्ने भएकाले वडा कार्यालयले त्यस्ता महिलाहरूको पहिचान गरि पोषणयुक्त खानेकुरा उपलब्ध गराईएको वडा अध्यक्ष थापाले बताउनु भयो । 

सुत्केरी हुँदा स्वास्थ्य अवस्था नाजुक भएको बेला यसरी पोषण खानेकुरा पाउँदा मनमा खुसी लागेको शितगंगा २ झिर्‍राथुम निवासी सारदा बिकले बताउनु भयो । बि.क. मात्र नभै स्थानीय डुडकोट्टा निवासी सिमाना रेस्मि र सिमलचौर निवासी सुस्मा परियार लगायतका सुत्केरी महिलाहरू पनि पोषण खानेकुरा पाउँदा खुसी भएका छन् । 

वडा अध्यक्ष थापाको अध्यक्षता,अतिथी सितापुर स्वास्थ शाखाका प्रमुख बिष्णु खनाल लगाएत कार्यालय सचिव ऋषि राम भुसालको संचालनमा सम्पन्न कार्यक्रममा सम्पुर्ण वडा सदस्यहरू,स्थानीयबासीको उल्लेखनिय सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्