केशव श्रेष्ठले यस कारण लगाएनन टिका र माला

| २०७८ मंसिर ९ गते २०: ३२ मा प्रकाशित

अराज बेल्बासे,मंसिर ९। नेपाली काग्रेसकाे १४ ओै महाधिवेशन अन्तरगत जिल्ला हरुमा नेत्ततृत्व चयन भई सकेका छन । अर्घाखाँची जिल्लामा पनि काग्रेसले नयाँ नेत्तृत्व चयन गर्याे । ३ जना उमेदवारमा भएकाे मतदानमा काग्रेसकाे बिधान अनुसार ५१ प्रतिशत ल्याउनु पर्ने भए पछि सबैकाे आंकलन सभापतिमा २ पटक मतदान गर्नु पर्छ भनी जिल्ला भरका १४१८ मतदाताहरु मतदान गरेर पनि एक रात सन्धिखर्कमा हाेटलहरुमा खचाखच भरिएर बसे तर चुनावी नतिजा सबैकाे अडकल भन्दा फरक आयाे सभापतिमा केशव श्रेष्ठकाे पहिलाे चुनावमै ५१ प्रतिसत सजिलै आयाे र निर्वाचित भए । 

अन्य जिल्लाहरुमा भएका निर्वाचित भए सँगै समर्थनकाे नाराबाजी र अबिर जात्रा भए पराजित हुनेहरुले समेत ठुलै पराजयकाे महसुस गरे पनि तर अर्घाखाँचीमा भने केशव श्रेष्ठले आफ्नाे जित पाटीकाे जित भएकाे भन्दै नत अबिर लगाए नत नाराजुलुस नत खाँदा लगाए समर्थकहरुले ल्याएकाे टिका खादा फिर्ता गर्दै  पराजित भएकाहरु सँग समान अवस्था रहेर खुशी साटासाट गरेर खुशि मनाए ।

 श्रेष्ठ  निर्वाचित भए सँगै अन्य सभापतिका उमेदवारले प्रस्तुत गरेका एजेन्डा लाई सफल बनाउने प्रतिवद्धता समेत ब्यक्त  गरे । बिजयी बनेर टीका माला खादा बहिस्कार गर्दै पराजित भएकाहरुकाेमनाेवल उच्च बनाउदै श्रेष्ठले चुनावमा पराजितहरुलाइ  पनि हारकाे महसुन हुन दिएनन ।

प्रतिक्रिया दिनुहोस्