दोस्रो शितगङ्गा मेयर-उपमेयर कप प्रतियोगिता सुरु (तस्विर सहित)

| २०७९ चैत ९ गते २१: ५४ मा प्रकाशित

झनक केसि, अर्घाखाँची।
चैत ९ - अर्घाखाँची जिल्लाकाे शितगङ्गा नगरपालिकामा दोस्रो मेयर/उपमेयर कप प्रतियोगिता रजिया र ठाडामा एकैसाथ सुरु भएको छ।

 शितगङ्गा नगरपालिकामा दोस्रो मेयर/उपमेयर कप प्रतियोगिता रजिया र ठाडामा एकैसाथ सुरु

शितगङ्गा हाम्रो सान खेलमैत्री नगर हाम्रो पहिचान भन्ने मुलनारालाई आत्म साथ गर्दै आजदेखि दोस्रो मेयर/उपमेयर कप प्रतियोगिताको शितगङ्गा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेले उद्घाटन  गरेका हुन्।

नगरप्रमुख छबिलाल पौडेले उद्घाटन

कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख छबिलाल पौडेल,बिशिस्ट अतिथी उप प्रमुख गिता भाट तेस्तै विशेष अतिथी प्रशासकिय अधिकृत झबिन्द्र खनाल,अतिथिहरु १४ ओटै वाड्का अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि इलाका प्रहरीले कार्यालय प्रमुख,खेलाडीहरुको शाखा प्रमुख मिडिया पत्रकार खेलप्रेमी समाज सेवि राजनिती दलका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको भएको थियो। 

दोस्रो मेयर/उपमेयर कप प्रतियोगिता रजिया र ठाडामा

दोस्रो मेयरको भलिवल उद्घाटन नगर प्रमुख छबिलाल पौडेललाई  अफिसियलले भलिबल दिएर उद्घाटन भएको थियो भने दोस्रो उपमेयर कप कृकेटको बल उपमेयर गिता भाटले बलिङ्ग र नगर प्रमुख ब्याटिङ्ग गर्दै उद्घाटन एउटै फिल्ड अर्थात नगरकै फिल्ड भनेर चिनिने रजियामा एउटै फिल्डमा उद्घाटन भएको थियो।

प्रतियोगितामा पुरुष भलिबल १४ टिम दर्ता भएको छ। तेस्तै महिला भलिबल ४ टिम दर्ता भएको छ। कृकेट तर्फ १० टिम दर्ता भएको छ। उद्घाटन खेल महिला भलिबल तर्फ वाड न २ भर्सेज वाड न ६ खेलाइएको थियो। कृकेट तर्फ वाड न ३ भर्सेज वाड न १० खेलाइएको थियो जसमा वाड न ३ ले जित निकालेको थियो। 


कार्यक्रममा खेलाडिलाई शुभकामना दिदै उप-प्रमुख भाटले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने भएकाले शितगङ्गाले  खेलकुदलाई प्राथमिकता दिएको बताईन। तेस्तै प्रमुख अतिथी नगर प्रमुख पौडेलले हाम्रो नगरको शान यो रजिया खेल मैदानलाई मेरो बल बुद्धिले भ्याए सम्म रंगशाला बनाउने छु। आगामी दिनमा नगरबाट हुने सहयोग सपोर्ट रहने बताए। 

शितगङ्गा नगरपालिकामा दोस्रो मेयर/उपमेयर कप प्रतियोगिता

केही दिन पहिला सम्पन्न भएको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे तृतीय स्थान शितगङ्गानेले हात पारेको छ हामिले गर्व गरेका छौ। खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने उनको भनाइ थियो ।

दोस्रो शितगङ्गा मेयर,उपमेयर कप प्रतियोगिता सुरु 

कार्यक्रम शिक्षा तथा खेलकुद शाखाका प्रमुख यस कार्यक्रमका संयोजक बिनोद पोख्रेलको अध्यक्षता,ऋषि घिमिरेको संचालन, प्रशासकिय प्रमुख झबिन्द्र खनालको स्वागतमा सम्पन्न भएको थियो।

चैत ११  गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले पुरुष भलिबल तर्फ रू.५० हजार शिल्ड,मेड्ल र प्रमाणप्रत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमश ३०  हजार र २० हजार नगद सहित शिल्ड,मेड्ल र प्रमाणप्रत्रको व्यवस्था गरिएको छ।तेस्तै कृकेट तर्फ ५० हजार शिल्ड, मेड्ल र प्रमाणप्रत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमश ३० हजार नगद सहित शिल्ड,मेड्ल र प्रमाणप्रत्रको ब्यबस्था गरिएको छ।

दोस्रो शितगङ्गा मेयर,उपमेयर कप प्रतियोगिता

तेस्तै महिला भलिबल तर्फ ३० हजार शिल्ड, मेड्ल र प्रमाणप्रत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमश २० हजार नगद सहित शिल्ड,मेड्ल र प्रमाणप्रत्र तृतिय स्थान १० हजार शिल्ड मेडल प्रमाणपत्रको ब्यबस्था गरिएको छ। पुरस्कारमा नेपाल सरकारको तोकेको २५% करकट्टि गरेर दिईने खेल संयोजक प्रोखेलले बताए । कार्यक्रम कृकेट रजिया खेल मैदानमा खेलाईने भएको छ भने महिला भलिबल अमराई खेल मैदानमा खेलाईने भएको छ्। तेस्तै पुरुष भलिबल वाड न ३ ठाडाको दह तिनकुने खेल मैदानमा खेलाइने भएको पोख्रेलले जानकारी दिए। कार्यक्रममा अफिसियल रुपमा प्रदेस रेफ्री नारायण सारुको टिमले भलिबलको जिम्मा लिएको छ। भने कृकेट तर्फ बिराट बेल्बाले अजिताब बेल्बालेले जिम्मेवारी लिएका छन। कार्यक्रम सफल बनाउन विभिन्न मिडिया पाटनरहरु अन्लाईन मार्फत लाइभ टेलिकास्ट हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्