कोचका कारण विश्वकप जित्ने रोनाल्डोको सपना खरानी ,रुदै बाहिरीए मैदानबाट

| २०७९ मंसिर २५ गते ००: ०७ मा प्रकाशित

काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्ने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको सपना समाप्त भएको छ। फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलको खेलमा मोरक्कोसँग पोर्चुगल १-० गोलले पराजित भएसँगै रोनाल्डोको सपना पनि चकनाचुर भएको हो।

क्लब फुटबल र युरोपियन प्रतियोगिता जितेका रोनाल्डोको अन्तिम लक्ष्य विश्वकपको उपाधि उचाल्नु थियो। त्यसैले उनले यो विश्वकपलाई आफ्नो अन्तिम विश्वकप र उपाधि जित्नका लागि अन्तिम अवसर भएको बताउँदै आएका थिए। उमेरले ३७ वर्ष नाघिसकेका रोनाल्डोले उमेरका कारणले पनि

अन्तिम विश्वकप भन्दै आएका थिए। फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा १-० को जित दर्ता गर्दै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे । बल पोसेसनमा पोचुगलले पकड जमाएपनि मोरक्कोले काउन्टर अट्याकमा पटक पटक समस्या दियो । पोस्टमा बढी आ क्रमण गरेको मोरक्कोले युसुफ एन नेसरीको गोलमा सुरुवाती अग्रता पनि बनायो ।

पोर्चुगलले लगत्तै खेल बराबरी गर्ने अवसर पाएपनि क्रसबार बाधक बन्यो ।दोस्रो हाफको सुरुवातमै मोरक्को अग्रता दोब्बर पार्ने संघारमा पुगेको थियो । तर त्यसलाई सदुपयोग गर्न नसकेपछि पोर्चुगलले आक्रामक परिवर्तन गर्ने क्रममा क्रिस्टियानो रोनाल्डो र जोआओ क्यान्सेलोलाई मैदान प्रवेश गरायो ।

त्यसपछि लगातार आक्रमण बुनेको पोर्चुगल गोलरक्षक बोनोलाई बिट गर्न भने सफल भएन ।खेलको ४२ औं मिनेटमा मोरक्कोले सुरुवाती अग्रता बनाएको थियो । युसुफ एन नेसरीले हेडरमार्फत गोल गर्दै मोरक्कोलाई अघि बढाए । उनले याह्या अतिया अल्लाहको क्रसलाई हेडरमार्फत गोल गरेका थिए ।

गोलरक्षक डिओगो कोस्टा र डिफेन्डर रुवेन डियासभन्दा अघि उफ्रेर उनले बललाई पोस्टको दिशा दिएका थिए ।लगत्तै अर्कोतर्फ पोर्चुगल बराबरी गोलनजिक पुगेको थियो । तर क्रसबार त्यसको अघि बाधक बन्यो । ब्रुनो फर्नान्डेसले दायाँ विंगबाट गरेको शक्तिशाली प्रहारमा गोलरक्षक यासिन बोनो बिट भएका थिए ।

तर उक्त प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।८३ औं मिनेटमा गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गर्दै खेलमा मोरक्कोको अग्रता कायम राखे । रोनाल्डोको पासमा जोआओ फेलिक्सले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई बोनोले बचाए।

उनले आफ्नो दायाँतर्फ डाइभ दिँदै बललाई बाहिर पठाएका थिए ।इन्ज्युरी समयको पहिलो मिनेटमा बोनोले रोनाल्डोको प्रहारमा गरेको पहिलो बचाउ फुस्काएपनि दोस्रो प्रयासमा रिबाउन्डलाई सुरक्षित राखे । इन्ज्युरी समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेंलो कार्डपछिको रातो कार्ड खाँदै बाहिरीए ।

उनले एक मिनेटको अन्तरमा दोस्रो फल गरेपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड देखाएका थिए ।यस जितसँगै मोरक्कोले सेमिफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।मैदानबाट बाहिरिदै गर्दै रोनाल्डो आफुलाई सम्हाल्न नसक्ने अबस्थामा थिए ।

मैदानबाट बाहिरिदै गर्दा उनी रोएका थिए। पोर्चुगलका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डो मोरक्को विरुद्धको खेलमा पनि पहिलो हाफमा बेञ्चमा रहेका थिए। तर गोल खाएपछि प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई दोस्रो हाफमा मैदान पठाएका थिए ।चौथो क्वाटरफाइनल आज मध्यरात १२:४५ बजे हुनेछ ।

अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन् ।मोरोक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि मोरोक्कोले ३६ वर्षअघि विश्वकपको प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । मोरोक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा प्रिक्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो ।

आफ्नो डेब्यु विश्वकपमा नै प्रिक्वार्टफाइनलसम्म पुग्दै मोरोक्कोले तहल्का नै मचाएको थियो । त्यसयता, मोरोक्को विश्वकपको नकआउट चरणमा पुग्न सकेको थिएन । सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरोक्को समूह चरणबाटै बाहिरिएको इतिहास छ । तर कतारमा जारी विश्वकपमा मोरोक्कोले ऐतिहासिक सफलता पाइरहेको छ ।sajakhabar.com

प्रतिक्रिया दिनुहोस्