मोरक्कोलाई हराउँदै तेस्रो बन्यो क्रोएसिया

| २०७९ पौष २ गते २३: १३ मा प्रकाशित

कतारमा जारी फिफ विश्वकप २०२२ मा मोरक्कोलाई २–१ गोलले हराउँदै  क्रोएसिया तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

खलिफा रंगशालामा शनिबार राति भएको खेलको सुरुवातमा नै क्रोएसियाले अग्रता लिएको थियो ।

सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका थिए ।

मिस्लाभ ओरसिचले खेलको ४२ औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई पुनः अग्रता दिलाए ।

दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि गोल हुनसकेन ।

सोहि अग्रतालाई खेलको अन्त्यसम्म कायम राख्दै क्रोएसियाले जित हात पार्यो ।

प्रतिक्रिया दिनुहोस्